सरोकार : कहाँ पुग्यो रुसी सेनाबाट नेपाली फर्काउने रणनीति ?

फाल्गुन १, २०८० |कान्तिपुर टीभी संवाददाता
सरोकार : कहाँ पुग्यो रुसी सेनाबाट नेपाली फर्काउने रणनीति ?

के साँच्चै सरकारले रुस-युक्रेन युद्धमा परेका नेपालीको उद्धारको पहल र प्रयास गरिरहेको छ ? परराष्ट्र मन्त्रालयले औपचारिक रुपमै १० र परिवारजनले जानकारी दिएका आधारमा थप दुई गरी १२ नेपालीको मृत्यु भएको जनाएको छ । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा करिब १४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन् । यसबाहेक के कति संख्यामा नेपाली रुसी सेनामा भर्ना भएका छन् ? युद्धका क्रममा कति घाइते भए वा हराए ? भन्ने यथार्थ विवरणसमेत राज्यसँग छैन ।

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएर लडाइँमा ज्यान गुमाएका ६ नेपालीको मात्र औपचारिक सूची सार्वजनिक गरेको छ । तर ती नेपालीको शव फिर्ता र क्षतिपूर्तिको प्रयास गरे पनि खासै प्रगति भएको छैन । यही विषयमा माघ २४ गते राष्ट्रिय सभा बैठकमा विमला राई पौड्यालले रुसी सेनामा कति नेपाली भर्ती छन् भन्ने तथ्यांकसमेत सरकारसँग नहुनु लाजमर्दो भएको बताइन् । उनले सरकारले रुसी सेनामा भर्ती हुने मृत्यु एवं घाइतेको तथ्यांकसमेत लिन नसकेको भन्दै सरकारको आलोचना गरिन् ।

रुसी सेनामा कति नेपाली भर्ती छन् भन्ने यकिन तथ्यांक लिन र उनीहरुको उद्धार कति सम्भव ? के रुससामु नेपाल निरिह भएको हो ? निकै दर्दानक अवस्थामा रुसको युद्धभूमिमा नेपालीहरु उद्धारको पर्खाइमा छन् । कल्पनासमेत नगरेको युद्ध रणभूमिबाट जीवनरक्षाका लागि अभिभावक मानेर सरकारसँग गुहार गरिरहेका छन् ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.