गएका ३० वर्षमा २० प्रतिशत मात्रै गरिबी घटायौं, योचाहिँ डरलाग्दो कुरा हो : रेशम थापा

फाल्गुन १, २०८० |कान्तिपुर टीभी संवाददाता
गएका ३० वर्षमा २० प्रतिशत मात्रै गरिबी घटायौं, योचाहिँ डरलाग्दो कुरा हो : रेशम थापा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका सहप्राध्यापक रेशम थापाले नेपालले गत तिस वर्षमा बिस प्रतिशत मात्रै गरिबी घटाउन सक्नु डरलाग्दो कुरा भएको बताएका छन् । कान्तिपुर समाचारमा कुरा गर्दै उनले योजना बनाउँदा हामीले बढी महत्त्वाकांक्षा राख्ने गरेको तर परिणाम उल्टो हुने गरेको औँल्याए ।

राष्ट्रिय तथ्यांक कार्यालयले गरेको सर्वेक्षण अनुसार नेपालमा अझै २०.२७ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । सङ्ख्याका हिसाबले करिब ५८ लाख मानिस गरिबीको रेखामुनि छन् । यसअघि २०६६/६७ मा २५.२ प्रतिशत नेपाली गरिबीको रेखामुनि थिए । तर यस पटक गरिबीको रेखाको मापदण्ड परिवर्तन गरिएकाले अहिलेको तथ्यांक अघिल्लो सर्वेक्षणसँग तुलना गर्न नमिल्ने कार्यालयले जनाएको छ । 

१२ वर्षको अवधिमा नेपाली नागरिकको जीवनस्तर कस्तो परिवर्तन आयो  ? यसै सेरोफेरोमा रहेर सहकर्मी श्री पाण्डेले त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका सहप्राध्यापक थापासँग कान्तिपुर समाचारमा कुराकानी गरेकी छन् । प्रस्तुत छ सहप्राध्यापक थापासँगको कुराकानी :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.