सरोकार : किन रोकिएन रुसी सेनामा नेपाली भर्ना ?

माघ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
सरोकार : किन रोकिएन रुसी सेनामा नेपाली भर्ना ?

रुसी सेनामा भर्ना भएका १३ नेपाली मृत्युको तथ्यांक आफैंमा विश्वसनीय छैन । त्यहाँ युद्ध लडेका र भागेर आएकाहरुको कुरा सुन्ने हो भने सयौंको संख्यामा मारिएका छन् र हजारौंको संख्यामा नेपालीहरु रुसी सेनाको बन्धक बनेका छन् ।

उनीहरुले शारीरिक र मानसिक यातना भोग्नुपरेको छ भने रगतसँग साटैको पैसा पनि जोखिममा छ । रुसी सेनामा भर्ना भएका नेपालीको उद्धारका लागि के गर्दै छ सरकार ? उनीहरुको उद्धारको याचना गरिरहेका परिवारलाई राज्यको जवाफ के छ ?

अझै किन रोकिएको छैन रुसी सेनामा नेपालीको भर्ना ? नेपालीलाई कसले पुर्याइरहेको छ रुस ? रुस-युक्रेनी सेनामा भर्ना भएका नेपालीको फिर्ती वा उद्धार कति सहज ? मृतक र घाइते नेपालीको अवस्था के ? रुस-युक्रेन युद्धमा फसेका नेपालीको परिवार के भन्छन् ? सरकारको प्रयास कति औपचारिक कति सार्थक ? लगायत विषय आजको सरोकारमा प्रस्तुत छ ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.