फायरसाइडमा सभामुख देवराज घिमिरेलाई प्रश्न- संसद् कसरी प्रभावकारी हुन्छ ?

माघ २२, २०८० |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा सभामुख देवराज घिमिरेलाई प्रश्न- संसद् कसरी प्रभावकारी हुन्छ ?

जनप्रतिनिधिमूलक सर्वोच्च निकाय हो संसद् । संसद्‌ले मूलत: दुईवटा काम गर्छ, पहिलो सरकार बनाउने र दोस्रो, कानुन बनाउने । तर निर्वाचनमार्फत गठन भएको संसद्‌को पहिलो एक वर्षमा सम्पन्न भएका दुईवटा अधिवेशनले सरकार त दियो, तर कानुनका नाममा जम्मा एउटा मात्रै बनायो । संसद्‌को तेस्रो अधिवेशन सुरु हुँदै गर्दा फेरि उही प्रश्न दोहोरिएको छ- संसद् कसरी प्रभावकारी हुन्छ ?

अघिल्ला दुईवटै अधिवेशन प्रभावकारिताका हिसाबले सफल रहेनन् । राजनीतिक दलहरु आरोपप्रत्यारोपमै मग्न भए । महत्त्वपूर्ण कानुन या त दर्तै भएनन्, या त छलफलकै बहानामा अल्झिए । विधि बनाउने सवालमा संसद् असफल नै रह्यो । संघीय व्यवस्थालाई सुदृढ बनाउन आवश्यक कानुनहरु बन्न सकेनन् । त्यसको असर प्रदेश र स्थानीय तहसम्मै पर्‍यो । संसद्‌मा प्रवेश गरेका मुद्दाहरु पनि दलीय स्वार्थ र सौदाबाजीको घानमा परे । संसद्‌मा उठेका आवाज, संसदीय समितिले दिएका निर्देशन र सभामुखको रुलिङमा सरकार उदासीन रह्यो ।

अधिकांश समय भाषणबाजी र वक्तव्यबाजीमा खर्च हुँदा संसद्‌को नेतृत्वमाथिसमेत प्रश्न उठे । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरजस्ता गतिविधि पनि झारा टराइमात्र साबित भए । जनताका संवेदनशील मुद्दाहरुमा भन्दा प्रतिपक्षी स्वर सरकारलाई आरोपित गर्नमा बढी केन्द्रित भए । दर्जनौं महत्त्वपूर्ण कानुन पारित गर्नुपर्ने कार्यभारसहित सुरु भएको नयाँ अधिवेशन कति प्रभावकारी हुन्छ ? कतै धेरैले शंका गरेजस्तै हिउँदे अधिवेशन पनि सांसदहरुको दन्तबझानको मैदानमा मात्र सीमित हुने त होइन ? वर्तमान संसद् र सांसद कसप्रति जवाफदेही छन् ?

प्रस्तुत छ- फायरसाइडको आजको अंकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग रुपेश श्रेष्ठले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.