फायरसाइडमा वर्षमान पुन - प्रवृत्ति यस्तै रहे (कांग्रेससँग) सँगै बस्न सकिन्नँ…

माघ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा वर्षमान पुन - प्रवृत्ति यस्तै रहे (कांग्रेससँग) सँगै बस्न सकिन्नँ…

सत्ता गठबन्धनको अनेक प्रयासका बाबजुद राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशको परिणामले सत्तारुढ दल माओवादी केन्द्र तिलमिलाएको छ । पाँचै वर्ष गठबन्धन चल्ने बताउने गरेका नेताहरु भन्न थालेका छन्, गठबन्धनबारे गम्भीर समीक्षा हुनुपर्छ । तर नागरिकका सवालमा सरकार कमजोर साबित हुँदा गठबन्धनभित्रका कुनै पनि दल यति गम्भीर किन हुँदैनन् ?

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राम्रैसँग थाहा छ, सत्ता सञ्चालन प्रभावकारी भइरहेको छैन । प्रतिपक्षी दल नेकपा एमालेले त्यसैलाई आन्दोलनको मुद्दा बनाउने तयारी गर्दै छ । विपक्षी अन्य दल पनि सडक तताउने तयारीमा छन् । तर प्रधानमन्त्रीलाई लाग्छ, अझै पनि उनकै नेतृत्व आवश्यक छ ।

कामको लामो सूची देखाउने सरकारले नागरिकले अनुभूति गर्न सक्ने काम के भए ? जवाफ दिन सक्दैन । काम देखाउनै नसक्ने मन्त्रीहरु फेर्न प्रधानमन्त्री सक्दैनन् । अर्थतन्त्र सुधारको दाबी छ, तर कति तथ्यपरक छ त्यो दाबी ? सिंहदरबारको निर्देशनले किन असर गर्दैन काममा ? नागरिकमा आशा जगाउने काम किन गर्न सकेन सरकारले ?

भएजति राजनीतिक दलहरु जनतासँग संवाद गर्न निस्केको देखियो । अभियानहरु चले, यात्राहरु भए । तर नागरिकको आवाजले सरकारको कार्यशैलीमा किन ल्याउन सकेन बदलाव ? किन फेरिएन दलहरुको प्रवृत्ति ? यिनै प्रश्नमाथि बहस गर्न फायरसाइडको यो अंकमा हामीसँग हुनेछन् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन :

- विस्तृत भिडियोमा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.