कान्तिपुर सरोकार : राजनीतिक भ्रष्टाचारीलाई होला त कारबाही ?

वैशाख २६, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर सरोकार : राजनीतिक भ्रष्टाचारीलाई होला त कारबाही ?

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहमाथि प्रहरी अनुसन्धान सुरु भएको एक महिनापछि यस प्रकरणमा जोडिएका राजनीतिकर्मी र उच्चपदस्थ सरकारी अधिकारी पनि छानबिनको दायरामा तानिएका छन् ।

यस पटक पूर्वउपप्रधानमन्त्रीदेखि सांसद र दलका प्रभावशाली नेताका साथै सरकारका बहालवाला सचिव नै यो प्रकरणमा तानिए । तर उदेकलाग्दो पक्ष के छ भने, लहरो तान्दा पहरो खस्ने माहौल देखिएपछि शीर्षस्थ नेताहरू नै यो अनुसन्धान र कारबाही प्रक्रियालाई निस्तेज तुल्याउने चलखेलमा अग्रसर देखिएका छन् ।

के यो प्रकरणलाई मत्थर बनाउन राजनीतिक सौदाबाजी सुरु भएको हो ? आफ्ना नागरिकलाई शरणार्थी बनाएर मानव तस्करी गर्ने राजनीतिक प्रशासनिक सञ्जाल कस्तो ? के यो प्रकरणमा मुछिएका राजनीतिक नेतृत्वमाथि होला त कारबाही ?  अनुसन्धान कति सहज  र कति स्वतन्त्र होला ? 

कान्तिपुरको साप्ताहिक बहस सरोकारको यो अंकमा हामीले बहसका लागि निम्त्याएका छौँ- पूर्वमन्त्री एवं एकीकृत समाजवादीकी सचिव, रामकुमारी झाँक्री, नागरिक अगुवा श्याम श्रेष्ठ र सुरक्षाविद् एवं नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.