हर्मुजबाट गुज्रिने जहाजहरूसँग इरानले पैसा असुलेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट

चैत्र २७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
हर्मुजबाट गुज्रिने जहाजहरूसँग इरानले पैसा असुलेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले हर्मुज समुद्रीमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूसँग इरानले पैसा असुलिइरहेको बताउनुभएको छ । इरानले निकै खराब काम गरेको भन्दै राष्ट्रपति ट्रम्पले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

ट्रम्पले इरानको यो कार्य, सम्झौताभन्दा बाहिरको भएको भन्दै पैसा असुल्न छोड्नुपर्ने बताउनुभएको छ ।

यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो मन्त्रिपरिषद्लाई लेबननसँग सोझै वार्ताका लागि निर्देशन दिनुभएको छ । इरानले लेबननमा इजरायली हमलाले युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहँदा नेतन्याहूले भने लेबननमा कुनै पनि प्रकारको युद्धविराम नभएको स्पष्ट पार्दै हेजबुल्लाहलाई निरन्तर आक्रमण गरिरहने बताउनुभएको छ ।

लेबननमा इजरायली हमलामा हालसम्म ३ सय ३ जना मारिएका छन् भने एक हजारभन्दा बढी घाइते भएका छन् ।