इरानको वार्ता प्रयास अमेरिकाद्वारा अस्वीकार

चैत्र ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इरानको वार्ता प्रयास अमेरिकाद्वारा अस्वीकार

काठमाडौं । इरानले गरेको वार्ताको प्रयासलाई अमेरिकाले अस्वीकार गरेको छ ।

इरानी अधिकारीहरूले हालैका दिनहरूमा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पका पश्चिम एसिया दूत स्टीभ विटकफ र ट्रम्प प्रशासनका अन्य व्यक्तिहरूमार्फत कूटनीतिक प्रयास पुन: सुरू गर्ने पहल गरेको दुई वरिष्ठ अधिकारीहरूले बताएका हुन् ।

उनीहरूले इरानी अधिकारीहरू विटकफसँग सम्पर्कमा आएको दाबी गरेका छन् । इरानी विदेशमन्त्री अब्बास अराघाचीले भने अमेरिकी दाबीको खण्डन गर्नुभएको छ । उहाँले विटकफसँग कुनै सम्पर्क नभएको जिकिर गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएका छन् । 

विटकफसँग अन्तिम सम्पर्क इरानमा अमेरिकाले गैरकानुनी सैन्य आक्रमण गरेर कूटनीतिलाई समाप्त गर्ने निर्णय गर्नुभन्दा पहिले भएको उहाँको तर्क छ । यसअघि ट्रम्पले इरान वार्ता गर्न इच्छुक भए पनि उसको प्रस्ताव पर्याप्त राम्रो नरहेको बताउनुभएको थियो ।