इजरायली आक्रमणबाट लेबनानमा १२ स्वास्थ्यकर्मीको मृत्यु

मार्चमा मात्र १०३ बालबालिकासहित कम्तिमा ७ सय ७३ बालबालिका मारिए
फाल्गुन ३०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायली आक्रमणबाट लेबनानमा १२ स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं । इजरायली वायु सेनाको आक्रमणबाट दक्षिण लेबनानको बोरज सहरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जना स्वास्थ्यकर्मी मारिएका छन् ।

लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयले इजरायली वायु सेनाको आक्रमणको पुष्टि गरेको हो । स्वास्थ्य केन्द्रमा हवाई आक्रमण हुँदा डाक्टर, नर्स, प्यारामेडिक तथा अन्य स्वास्थ्यकर्मी मारिएको मन्त्रालयले जनाएको छ । 

यस्तै दक्षिण लेबनानको अल सावानामा स्वास्थ्यकर्मीको टोलीमाथि गोली प्रहार हुँदा दुई जना मारिएका छन् । स्वास्थ्य पूर्वाधार र स्वास्थ्यकर्मीमाथिको निरन्तर आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन गरको भन्दै लेबनान सरकारले कडा निन्दा गरेको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मार्च २ यता इजरायलको आक्रमणका कारण देशभर कम्तिमा ७ सय ७३ जना मारिएका छन् । त्यसमध्ये १०३ जना बालबालिका रहेको र घाइतेको संख्या कम्तिमा १ हजार ९ सय ३३ पुगेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।