
काठमाडौं । अमेरिका-इजरायल सैन्य आक्रमणमा इरानमा १३ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।
फेब्रुअरी २८ यता अमेरिका र इजरायलले गरेको आक्रमणमा उक्त संख्यामा सर्वसाधारणको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो । अन्य ९ हजार ६ सय ६९ नागरिक संरचना ध्वस्त भएका छन् ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत तथा स्थायी प्रतिनिधि अमिर सइद इरावानीले ध्वस्त भएका नागरिक स्थलहरूमा ७ हजार ९ सय ४३ आवासीय घर, १ हजार ६ सय १७ व्यावसायिक र सेवा केन्द्र र ३२ स्वास्थ्य संस्था रहेको जानकारी दिनुभएको हो ।
यस्तै, ६५ विद्यालय र शैक्षिक संस्था, १३ रेड क्रिसेन्ट भवन र धेरै ऊर्जा आपूर्ति सुविधाहरू पनि ध्वस्त भएका छन् ।