कांग्रेस नेता, कार्यकर्तालाई शेखरको स्पष्टोक्ति : म पार्टीको कुनै पनि समूहमा छैन

चैत्र २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस नेता, कार्यकर्तालाई शेखरको स्पष्टोक्ति : म पार्टीको कुनै पनि समूहमा छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताउनुभएको छ ।

नेता कोइराला संस्थापन इतर समूहमा रहेको समाचार सम्प्रेषण भइरहेका बेला उहाँले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टीकरण दिनुभएको हो । शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरूमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाउनु भयो । 

उहाँले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दैं त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताउनु भयो । कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गराउने आफनो इच्छा रहेको नेता कोइरालाको भनाइ थियो ।

त्यस अवसरमा कांग्रेस नेता कोइरालाले बीपी कोइरालाको नाममा खोलिएको सो अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि त्यहाँबाट अवकाश पाएका चिकित्सकहरूको विशेष योगदान रहन सक्ने समेत बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.