
काठमाडौं । विश्वमा अनिश्चितता र अशान्तिका बीचमा चीनले विश्व समुदायमा स्थिरताको प्रत्याभूति गरेको विशेषज्ञहरूले बताएका छन् ।
अन्तर्राष्ट्रिय मामिलामा चीन ‘निश्चितता’को स्रोतको रूपमा उभिरहेको उनीहरूको दाबी छ । बेलायतलगायतका देशहरूले चीनसँग सम्बन्ध सुर्धान अग्रसर भएसँगै परिवर्तनशील अन्तराष्ट्रिय परिदृश्यलाई थप उजागर रहेको विज्ञहरूले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अस्ट्रेलिया–चीन सम्बन्ध संस्थान, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका एडजङ्क्ट प्रोफेसर मार्क बीसनले विश्वसमुदायमा स्थिरता प्रवर्द्धन गर्ने मार्गमा अमेरिकाभन्दा चीन बढी सफल देखिएको बताउनु भयो । चीनको अर्थतन्त्र ठूलो भएसँगै अन्तर्राष्ट्रिय मामिलामा यसको भूमिका ठूलो हुनु अपरिहार्य रहेको उहाँको बुझाइ छ ।
जेनेभामा युनिभर्सिटी फर पिसका स्थायी पर्यवेक्षकडेभिड फर्नान्डेज पुयानाले ग्लोबल गभर्नेन्स इनिसिएटिभलाई चीनको प्राथमिकता दिएको उल्लेख गर्दै सबै राष्ट्रहरूको समावेशिता, संयुक्त राष्ट्रका सदस्यहरूबीच समानता र न्याय चीनले अपनाइरहेको बताउनु भयो ।
आर्थिक लचिलोपनदेखि बहुपक्षीय सहभागितासम्म, पर्यवेक्षकहरूका अनुसार चीनको स्थिरता र सहयोगमा जोडले विश्व व्यवस्थाको भविष्यबारे छलफललाई आकार दिइरहेको छ । यसले अस्थिर विश्वमा स्थिरता र निश्चितताको महत्वपूर्ण स्रोतको रूपमा चीनको भूमिकालाई उजागर गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।