उत्तरी थाइल्यान्डको एक निजी पार्कमा ७२ बाघ मरे

पार्क केही समयका लागि बन्द
फाल्गुन ९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
उत्तरी थाइल्यान्डको एक निजी पार्कमा ७२ बाघ मरे

काठमाडौं । उत्तरी थाइल्यान्डको एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरियाको संक्रमणले कम्तिमा ७२ वटा बाघको मृत्यु भएको छ ।

चियाङ माईस्थित प्रान्तीय पशुधन कार्यालयले विज्ञप्तिमा जारी गर्दै ती बाघहरूमा क्यानाइन डिस्टेम्पर देखिएको जनाएको छ । चेकजाँचका क्रममा स्वास्थ्यकर्मीहरूले ती बाघमा माइकोप्लास्मा ब्याक्टेरिया पनि भेटाएका छन् । 

बाघको मृत्युपछि टाइगर चियाङ माई पार्क केही समयका लागि बन्द गरिएको छ । यो पार्कमा बाघलाई नजिकबाट नियाल्न र तस्बिर खिच्न पाइने भएकाले पर्यटकको भीड लाग्ने गरेको थियो ।