
काठमाडौं । इरानमा पुन: विद्यार्थीहर" सरकार विरोधी प्रदर्शनमा उत्रिएका छन् ।
गत महिना प्रदर्शनकारीविरूद्ध सरकारको हिंसात्मक दमनपछि ठूलो मात्रामा अर्को प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विद्यार्थीले शनिबार राजधानी तेहरानस्थित शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीको परिसरमा मार्च गर्दै प्रदर्शन गरेका हुन्।
त्यसक्रममा प्रदर्शनकारी र सरकार समर्थकहरूबीच झडप भएको भिडियो अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक भएको छ । तेहरानको एक अन्य विश्वविद्यालयमा पनि विद्यार्थीहरूले धर्ना दिएका छन् । अर्कोतर्फ उत्तरपूर्वी क्षेत्रमा पनि विरोध र्याली निकालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
विद्यार्थीहरूले गत महिना हजारौंको संख्यामा मारिएका प्रदर्शनकारीलाई श्रद्धाञ्जलि दिइरहेका बेला सरकार समर्थितहरूले आक्रमण गरेको बताइएको छ । यता अमेरिकाले इरानको आसपासमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इरानविरूद्ध सैन्य कारबाहीको संकेत गरिसक्नु भएको छ ।