.png&w=1000&height=550)
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र न्यु रोड टिम- एनआरटी क्लबले अंक बाँडेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अकं बाँडेका हुन् । कृतिशरत्न छुन्जु, अञ्जन विष्ट र आदित्य शाक्यजस्ता खेलाडी सम्मिलित एनआरटीले सुरुदेखि नै प्रभाव जमाए पनि निर्णायक क्षणमा चुक्न पुग्यो ।
यता, मनाङका गोलकिपर विशाल केसीले बारम्बार उत्कृष्ट बचाउ गर्दै टोलीलाई हारबाट जोगाए । अंक तालिकामा १३ अंकसहित पाँचौँ स्थानमा रहेको एनआरटीका लागि यो नतिजा महत्त्वपूर्ण अवसर गुमाएको जस्तै देखिएको छ । आठौँ स्थानमा रहेको मनाङका लागि भने यो प्रतियोगिताको दोस्रो बराबरी हो ।
मनाङले अब बुधबार एपीएफ क्लबको सामना गर्नेछ । त्यसैगरी, एनआरटीले बिहीबार प्लानिङसँग खेल्नेछ ।