भाटभटेनी सुपरमार्केटहरू छिट्टै सञ्चालनमा ल्याउने तयारी

फाल्गुन १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
भाटभटेनी सुपरमार्केटहरू छिट्टै सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । २३ र २४ भदौको जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएका भाटभटेनी सुपरमार्केटहरू छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

आन्दोलनका क्रममा देशभरका भाटभाटेनीहरूमध्ये १२ वटा पूर्ण क्षति भएका थिए भने केहीमा आंशिक क्षति भएको थियो । यीमध्ये पुनःनिर्माण र मर्मत सम्पन्न भएका केही स्टोरहरू फागुन १४ बाट सञ्चालनमा ल्याउने तयारी छ । फागुन २१ गते हुने निर्वाचनका क्रममा विदेशी पर्यवेक्षकहरू समेत नेपाल आउने भएकाले नकारात्मक सन्देश नजाओस् भनेर स्टोरहरू सञ्चालनमा ल्याउन लागेको सञ्चालक मीनबहादुर गुरूङ बताउनुहुन्छ ।

सञ्चालक गुरूङका अनुसार जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भाटभटेनीमा १० अर्ब ८६ करोड रूपैयाँभन्दा बढीको क्षति भएको थियो । मुलुकको अर्थतन्त्र कमजोर भइरहेको र कामको अभावमा युवाहरू विदेश गइरहेको बेला निजी क्षेत्रलाई सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्ने पनि उहाँको भनाइ थियो ।

भाटभटेनीले आफ्ना स्टोरहरूको पुनःनिर्माण र मर्मतमा संग्लन नाै सय कामदारलाई नगदसहित सम्मानसमेत गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.