
काठमाडौं । इरानसँग तनाव बढ्न थालेसँगै अमेरिकाले मध्यपूर्वतर्फ दोस्रो एयरक्राप्ट क्यारियर पठाउने निर्णय गरेको छ ।
इरानमाथि दबाब बढाउन राष्ट्रपति डनल्ड ट्रम्पले एयरक्राफ्ट पठाउने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । एयरक्राप्ट क्यारियरले अमेरिकाको केन्द्रीय कमान क्षेत्रमा दुई विमानवाहक समूहको उपस्थिति सुनिश्चित गर्ने बताइएको छ । राष्ट्रपति ट्रम्पले यस कदमको उद्देश्य इरानमाथि नयाँ परमाणु सम्झौता गर्न सकारात्मक दबाब सिर्जना गर्नु रहेको बताउनुभएको छ ।
उहाँले इरानसँगको सम्झौता असफल भएमा यो पोत आवश्यक पर्न सक्ने दाबीसमेत गर्नुभएको छ । उहाँले इरानमा सत्ता परिवर्तन सबैभन्दा राम्रो विकल्प हुनसक्छ भन्ने संकेत पनि गर्नुभएको छ । पछिल्ला केही महिनामा इरानमा देशव्यापी प्रदर्शन भएका छन् ।
जसमा नागरिकहरूले सरकारको विरोधमा आन्दोलन गरिरहेका छन् भने सरकारले दमनकै प्रयास गरिरहेको बताइएको छ । अमेरिकी सैन्य विस्तारले इरानमाथि दबाब सिर्जना गरेको भए पनि सम्भावित द्वन्द्वको जोखिम बढेको बताइएको छ ।