
काठमाडौं । क्यानडाको ब्रिटिश कोलम्बियाको टुम्लर रिज जिल्लास्थित ग्रामीण क्षेत्रमा सामुहिक गोली प्रहार हुँदा आक्रमणकारीसहित १० जना मारिएका छन् ।
मारिएकामध्ये ६ जनाको शव टुम्लर रिज सेकेन्डरी स्कुलभित्र भेटिएको थियो। त्यस्तै, एक जनाको अस्पताल लैजाँदै गर्दा र थप दुई जनाको शव घरभित्र फेला परेको छ । स्कुलमा भेटिएकामध्ये एउटा शव आक्रमणकारीको भएको प्रहरीको अनुमान छ । आक्रमणकारीले आफैंलाई गोली हानेर आत्महत्या गरेको हुनसक्ने उल्लेख गर्दै प्रहरीले यस विषय छानबिन सुरू गरेको छ । तर आक्रमणकारीको परिचय भने खुलाइएको छैन ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाबाट आफू दु:खी भएको बताउनुभएको छ भने ब्रिटिश कोलम्बियाका प्रिमियर डेभिड एबीले तत्काल सुरक्षाकर्मी परिचालनले थप क्षति हुन नपाएको बताउनुभएको छ।