
काठमाडौं । एप्स्टिन फाइलका विषयमा बेलायती राजा चार्ल्स तृतिय अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न तयार हुनुभएको छ ।
बेलायती प्रहरीले एन्ड्र्यु माउन्टब्याटन विन्डसरले बेलायतको व्यापार दूतका रूपमा काम गर्दा दिवंगत यौन अपराधी जेफ्री एपस्टिनसँग गोप्य सामग्री साझा गरेको आरोपबारे आएको रिपोर्टको मूल्याङ्कन गरिरहेका बेला बेलायती राजा चार्ल्सले प्रहरीलाई सहयोग गर्न तयार रहेको बताउनुभएकाे हाे ।
अमेरिकी न्याय विभागले सार्वजनिक गरेको एपस्टिनसम्बन्धी पछिल्लो दस्तावेजले बदनाम पूर्व राजकुमारमाथि फेरि प्रश्न उठाएको छ । ती कागजातहरूमा एन्ड्रिउले सन् २०१० मा एपस्टाइनलाई गोप्य सामग्री पठाएको देखिने उल्लेख गरिएको छ । बेलायती राजतन्त्र विरोधी समूह ‘रिपब्लिक’ का प्रमुख कार्यकारी अधिकृत ग्राहम स्मिथले सोमबार एन्ड्रिउविरुद्ध “सार्वजनिक पदमा दुरुपयोग र आधिकारिक गोपनीयता उल्लङ्घनको आशंका” भन्दै प्रहरीमा उजुरी दिएको बताउनुभएकाे छ।
यस फाइलमा विल क्लिन्टन, डनल्ड ट्रम्प, स्टिभन हकिङ्स, बिल गेट्स, मिक ज्यागर, मीरा नायरलगायतको नामसमेत मुछिएको छ।