काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । पाकिस्तानी अधिकारीहरूका अनुसार शुक्रबार नमाजका बेला भएको आत्मघाती विस्फोटमा परी १६० जनाभन्दा बढी घाइते भएका छन् ।
विस्फोटका बेला थुप्रै मानिसहरू त्यस क्षेत्र वरपर भएको हुँदा हताहती हुनेको संख्या थप बढ्नसक्ने पाकिस्तानी अधिकारीहरूले बताएका छन् । घटना लगत्तै इस्लामावादको तरलाई क्षेत्रमा आपत्काल घोषणा गरिएको छ ।
पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले घटनाको कडा निन्दा गर्नुभएको छन् । उहाँले निर्दोष नागरिकलक्षित आक्रमण मानवताविरोधी अपराध भएको उल्लेख गर्नुभएको छ ।