भारतको गोवास्थित नाइट क्लबमा आगलागी हुँदा पर्यटक र कर्मचारीसहित २३ जनाको मृत्यु

१२ भन्दा बढी घाइतेको उपचार हुँदै
मंसिर २१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारतको गोवास्थित नाइट क्लबमा आगलागी हुँदा पर्यटक र कर्मचारीसहित २३ जनाको मृत्यु

काठमाडौं । भारतको गोवाको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा पर्यटक, कर्मचारीसहित २३ जनाको मृत्यु भएको छ । 

गएराति क्लबको किचेनमा ग्यास सिलिन्डर पड्किएर आगो फैलिएको अनुमान प्रहरीले लगाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनामा गहिरो दुःख प्रकट गर्नुभएको छ । आगलागी नियन्त्रणमा आइसकेको गोवाका प्रहरी महानिर्देशक अलोक कुमारले बताउनुभएको छ । 

आगलागीबाट घाइते भएका १२ जनाको उपचार भइरहेको छ । घटनामा मृत्यु भएकाहरूको शव पहिचान गर्ने काम भइरहेको उहाँले बताउनुभयो । अरेबियन समुद्रको तट गोवा भारतका चर्चित पर्यटकीय स्थलमध्ये एक हो । यस वर्षको पहिलो ६ महिनाभित्र गोवामा झन्डै ५५ लाख पर्यटकले भ्रमण गरिसकेका छन् । त्यसमध्ये २७ लाख पर्यटक विदेशी हुन् ।