दाउन्ने सडक एकतर्फी सञ्चालनमा

फाल्गुन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
दाउन्ने सडक एकतर्फी सञ्चालनमा

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा सडक एकतर्फी मात्रै चलेको छ । 

साेमबार बिहानदेखि परेको सामान्य वर्षाले पनि सडक हिलो भएर गाडी चिप्लिएपछि सडक एकतर्फी भएको हो । जिल्ला ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाकाअनुसार राजमार्ग चिप्लो भएर बिहान ७ बजेदेखि अवरूद्ध भएको राजमार्ग दिउँसोदेखि जसोतसो एकतर्फी खुलेको हो।

पूर्व-पश्चिम राजमार्ग हुँदै पूर्व पश्चिम हिँडेका सयौँ सवारी साधन दुम्कीबास र बर्दघाटमा विस्तारै गन्तव्यतर्फ लागिरहेका छन्। निर्माणाधीन दाउन्ने सडक खण्डमा धुलाम्य राजमार्गमा पानी परेपछि गाडी चिप्लिएर आवगमनमा समस्या हुँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.