पाकिस्तान र अफगानिस्तानको तालिबानी सेनाबीच सीमा क्षेत्रमा पुनः झडप

अफगानिस्तानतर्फ चार जनाको मृत्यु, चार घाइते, पाकिस्तानमा पनि तीन जना घाइते
मंसिर २०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
पाकिस्तान र अफगानिस्तानको तालिबानी सेनाबीच सीमा क्षेत्रमा पुनः झडप

काठमाडौं । पाकिस्तान र अफगानिस्तानको तालिबानी सेनाबीच सीमा क्षेत्रमा पुनः झडप भएको छ ।

कतार र टर्कीको मध्यस्थतामा केही समयअघि भएको युद्धविराम तोडेको आरोप लगाउँदै कान्दाहारको स्पीन बोल्डाक जिल्लामा दुवै पक्षबीच झडप भएको हो । शुक्रबार राति साढे १० बजे सुरु भएको झडप चार घन्टासम्म चलेको थियो, त्यसक्रममा चार जनाको मृत्यु हुनाको साथै चार जना घाइते भएको अफगान अधिकारीहरूले जनाएका छन् । पाकिस्तानतर्फ भने तीन  जना घाइते भएको जनाइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफका प्रवक्ता मोशरफ जैदीले पाकिस्तान आफ्नो क्षेत्रीय अखण्डता र नागरिकको सुरक्षा सुनिश्चित गर्न पूर्णरूपमा सतर्क र प्रतिबद्ध रहेको जनाएका छन् । गत अक्टोबरमा दुवै देशबीच भएको झडपमा ७० जनाको मृत्यु भएको थियो ।