हङकङको आवासीय भवनमा आगलागीबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

मंसिर ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
हङकङको आवासीय भवनमा आगलागीबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

काठमाडौं । हङकङको ताइपेइ क्षेत्रमा रहेको ‘वाङ फुक कोर्ट’ आवासीय भवनमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ। आवासीय क्षेत्रको एउटा ३२ तले घरबाट हिजो दिउँसो सुरु भएको आगलागी अहिलेसम्म निभेको छैन ।

त्यस क्षेत्रमा रहेका आठ भवनमध्ये सात वटा भवनमा आगो लागेको छ । कम्तीमा २ सय ७९ जना मानिस अझै सम्पर्कविहीन छन् ।

हङकङका प्रमुख कार्यकारी जोन लीले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको बताउनुभयो । उहाँले कम्तीमा २ सय ७९ जना अझै बेपत्ता रहेको र उनीहरुको खोजी र उद्दार तिब्र पारिएको जानकारी पनि दिनुभयो ।

हिजो दिउँसो करिब तीन बजे सल्किएको आगोका कारण भवनभरि धुवाँ फैलिएको छ। आगो नियन्त्रणमा लिन ठुलो संख्यामा अग्नि नियन्त्रक परिचालन गरिएको छ। उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको अधिकारीहरूले बताएका छन्। ती आवासीय भवनहरुमा २ हजारभन्दा बढी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरु बसोबास रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.