टर्किएद्वारा नेतन्याहुसहितका २७ वरिष्ठ अधिकारीविरूद्ध पक्राउ पूर्जी जारी

गाजामा मानवताविरुद्धको अपराध तथा जातीय हिंसा निम्त्याएको आरोप
कार्तिक २२, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
टर्किएद्वारा नेतन्याहुसहितका २७ वरिष्ठ अधिकारीविरूद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । टर्किएले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसहितका वरिष्ठ इजरायली अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

प्रधानमन्त्री नेतन्याहू र रक्षामन्त्री इजरेल काट्जसहित राष्ट्रिय सुरक्षामन्त्री, सेना प्रमुखलगायत २७ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरिएको इस्तानबुलको अभियोजक कार्यालयले जनाएको छ । उनीहरूले मानवताविरूद्धको अपराध तथा जातीय हिंसा निम्त्याएको टर्किएको आरोप छ। 

इजरायलले अक्टोबर २०२३ देखि गाजामा सुरू गरेको युद्धका क्रममा संस्थागत रूपमै यस्तो अपराध गरेको आरोप लगाइएको छ । इजरायलले भने सस्तो प्रचारबाजीका लागि टर्किएले यस्तो कदम चालेको प्रतिक्रिया दिएको छ ।