अमेरिकामा कार्गो विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

कार्तिक १९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकामा कार्गो विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु
Photo Source: Agency

काठमाडौं । अमेरिकामा एउटा कार्गो विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

युनाइटेड पार्सल सर्भिस-युपीएसको कार्गो विमान केन्टुकीको लुइभिल्ले विमानस्थलमा स्थानीय समयअनुसार मंगलबार साँझ सवा ५ बजे दुर्घटना भएको हो । मृत्युमा हुनेमा चालक दलका ३ सदस्यसमेत छन् । दुर्घटनामा ११ जना घाइते भएका छन् । दुर्घटनापछि विमानस्थलको आकाशमा आगोको ठूलो मूस्लो र बाक्लो धुँवा देखिएको थियो । दुर्घटनाका बेला विमानमा १ लाख ४४ हजार लिटर इन्धन थियो ।

युपीएस सर्भिसले विज्ञप्ति जारी गर्दै चालक दलका तीन सदस्यको मृत्यु भएको र अन्य क्षतिबारे यकिन जानकारी नभएको जनाएको छ । दुर्घटनापछि विमानस्थलबाट हुने मंगलबार साँझका सबै उडान रद्ध गरिएका थिए ।