युक्रेनमा रूसको मिसाइल र ड्रोन आक्रमण हुँदा ६ जनाको मृत्यु, २१ घाइते

रूसी रासायनिक प्लान्टमा पनि युक्रेनी हमला
कार्तिक ५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
युक्रेनमा रूसको मिसाइल र ड्रोन आक्रमण हुँदा ६ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । रूसले युक्रेनमा गरेको मिसाइलमा आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रूससँग अब व्यर्थको बैठक नचाहेको प्रतिक्रिया सार्वजनिक गरेलगत्तै रूसले युक्रेनको राजधानी किएभमा आक्रमण गरेको हो । आक्रमणमा २१ जना घाइते भएको जनाइएको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लामो दूरीको क्षेप्यास्त्र उपलब्ध गराउन आग्रह गरिरहेका बेला रूसले बुधबार श्रृंखलाबद्ध मिसाइल र ड्रोन आक्रमण गरेको हो ।

यता, युक्रेनी सेनाले पनि मंगलबार राति ब्रायान्स्क क्षेत्रमा रुसी रासायनिक प्लान्टमा बेलायतले दिएको स्टर्म स्याडो मिसाइलले आक्रमण गरेको छ । उक्त प्लान्टले युक्रेन आक्रमणमा प्रयोग हुने गोलाबारूद, बिस्फोटक पदार्थ तथा रकेट इन्धन उत्पादन गर्ने बताइएको छ ।