तिहारको पाँचौ दिन : गाईको पूजाआजा गरी मनाइयाे गाईतिहार

कार्तिक ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
तिहारको पाँचौ दिन : गाईको पूजाआजा गरी मनाइयाे गाईतिहार

काठमाडौं । यमपञ्चक अर्थात् तिहारअन्तर्गत बुधबार गाईको पूजाआजा गरी गाईतिहार मनाइएको छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । 

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । गोवर्धन पूजा पनि आजै गरिएको छ । तिथिको घटबडका कारण तिहारको मुख्य दिन भाइटीका भोलि परेको छ। 

भाइटीकाको उत्तम साइत भोलि कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा रहेको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.