हुथी विद्रोहीहरूले आफ्ना २० कर्मचारीलाई हिरासतमा लिएको राष्ट्रसङ्घको भनाइ

कार्तिक ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
हुथी विद्रोहीहरूले आफ्ना २० कर्मचारीलाई हिरासतमा लिएको राष्ट्रसङ्घको भनाइ

काठमाडौं । हुथी विद्रोहीहरूले आफ्ना २० कर्मचारीलाई हिरासतमा लिएको यमनस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले जनाएको छ। 

हुथी सुरक्षा बल उनीहरूको कार्यालय परिसरमा ‘अनधिकृत प्रवेश’ गरेको र त्यहाँका कर्मचारीहरूलाई नियन्त्रणमा लिएको राष्ट्रसङ्घको कार्यालयले जनाएको हो । संयुक्त राष्ट्रसङ्घका आवासीय समन्वयका प्रवक्ता जिन आलमले पाँच जना राष्ट्रिय कर्मचारी र पन्ध्र अन्तर्राष्ट्रिय कर्मचारी परिसरभित्र हिरासतमा रहेको जानकारी दिनुभयो । 

यो गम्भीर स्थितिलाई सकेसम्म छिटो समाधान गर्न सकियोस् भनी संयुक्त राष्ट्र सङ्घ, सानाका अधिकारीहरू र सम्बन्धित सदस्य राष्ट्रले र यमनको सरकारसँग सम्पर्क गरिरहेको र सबै कर्मचारीहरूको हिरासत अन्त्य गर्न र सानामा आफ्नो सुविधाहरूमा पूर्ण नियन्त्रण पुनर्स्थापित गर्न आग्रह गरेको छ।

विद्रोहीहरूले यसअघि नै अगस्ट ३१ मा सानामा रहेको संयुक्त राष्ट्रसङ्घको कार्यालयमा आक्रमण गरी ११ जनाभन्दा बढी कर्मचारीलाई हिरासतमा लिइसकेका छन् । ती कर्मचारीमाथि अमेरिका र इजरायलका लागि जासुसी गरेको आशङ्का गरिएको हुथीका एक वरिष्ठ अधिकारीले जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

विद्रोही नेता अब्देल मालेक अल–हुथीले टेलिभिजनमार्फत गरेको सम्बोधनमा आफ्नो सेनाले शत्रुको ‘सबैभन्दा खतरनाक जासुसी सेल’ भत्काएको दाबी गर्नुभएको थियो ।