विद्यालयलाई आर्थिक स्रोत जुटाउन अर्घाखाँचीमा देउसी-भैलोको आयोजना

कार्तिक ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
विद्यालयलाई आर्थिक स्रोत जुटाउन अर्घाखाँचीमा देउसी-भैलोको आयोजना

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ ढिकुरास्थित भगवती आधारभूत विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत सङ्कलन गर्न अभिभावक, विद्यार्थी एकजुट भएर देउसीभैलो खेलेका छन् ।

संस्कृति संरक्षणसँगै आर्थिक स्रोत सङ्कलन गरेर निजी स्रोतबाट शिक्षक नियुक्ति गरी विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्न पुरानो सोरठी, मारूनी, देउसी-भैलो, झ्याउरे र अन्य परम्परागत गित र नृत्य प्रस्तुति दिँदै गाउँ गाउँमा नाच्ने गरेको छत्रदेव गाउँपालिका-७ का सदस्य धर्मराज पाण्डेले जानकारी दिनुभयो । 

कक्षा १ देखि ५ सम्म सञ्चालन भएको विद्यालयमा अहिले चार जना मात्रै शिक्षक छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.