काठमाडौं । विश्वप्रसिद्ध टेक कम्पनी अमेजनको क्लाउड कम्प्युटिङ सेवा-एडब्लूएसमा समस्या आएपछि विश्वभरका प्रमुख वेबसाइट अवरूद्ध भएका छन् ।
अमेजनको क्लाउड कम्प्युटिङमा समस्या आएपछि प्रविधि, हवाई तथा बैंकिङ सेवा सञ्चालन गर्ने कम्पनीका वेबसाइटमा समस्या आएको हो । स्नापच्याट, क्यानभा, क्यानडा, रोब्लोक्स, फोर्टनाइट, जुम, डेल्टा तथा युनाइटेड एयरलाइन्स, लियोड बैंकिङ ग्रुपलगायतका ठूला वेबसाइटमा समस्या आएको हो ।
समस्या आउनेबित्तिकै साेमबार बिहान विश्वभरका ५ सयभन्दा बढी कम्पनीका ४० लाखभन्दा बढी रिपोर्ट गरिएको डाउनडिटेक्टरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसैबीच, अमेजनले विज्ञप्ति जारी गर्दै विश्वभर देखिएको समस्या पूर्ण रूपमा समाधान भइसकेको र यसअन्तर्गत सञ्चालित वेबसाइटहरू सामान्य रुपमा सञ्चालनमा रहेको जनाएको छ । विश्वको क्लाउड सेवामा अमेजनको बजार हिस्सा ३० प्रतिशत छ भने ४० लाखभन्दा बढी ग्राहक छन् ।
सन् २०२४ को जुलाईमा पनि अमेरिकाको साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले गरेको अपडेटका क्रममा भएको सफ्टवेयर गडबडीले विश्वव्यापी रूपमा समस्या सिर्जना भएको थियो ।