भारतको हिमाचलमा बस पहिरोले पुर्दा १८ जनाको मृत्यु

आश्विन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतको हिमाचलमा बस पहिरोले पुर्दा १८ जनाको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतको हिमाचल प्रदेशको बिलासपुरमा एउटा निजी बस पहिरोमा पर्दा बसमा सवार १८ जनाको मृत्यु भएको छ। यो दुर्घटना बालुघाटनजिक भएको हो।

बस मरोटनबाट घुमारवी जाँदै गर्दा पहाडबाट अचानक पहिरोको लेदो खसेर बसलाई पुरेको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार पहिरोका कारण बस पूर्ण रूपमा दबिएर खोलाको किनारमा खसेको हो । बसभित्रका सबै यात्रु लेदोले पुरिएको उद्दारकर्मीले बताएका छन् । बसभित्रबाट १८ जनाको शव निकालिसकिएको र उद्धार जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । दुर्घटनामा दुई बालिका र एक बालकलाई सुरक्षित रूपमा बचाइएको छ। तर, तीमध्ये एक बालिकाको आमाको भने दुर्घटनामा मृत्यु भएको उद्दारकर्मीले बताएका छन् । 

यसैबीच मुख्यमन्त्री सुखविंदर सिंह सुक्खूले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारहरूलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.