तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

आश्विन २१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार
Photo Source : Agency

काठमाडौं । क्वान्टम मेकानिक्सको खोजका लागि तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ ।

स्टकहोममा आयोजित एक समारोहबीच नोबेल समितिले वैज्ञानिकहरू जोन क्लार्क, माइकल डेभेारेट र जोन मार्टिनिसलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । तीनै वैज्ञानिक अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक हुन् ।

'विद्युतीय सर्किटमा म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनेलिङ र ऊर्जा क्वान्टाइजेसन' खोजका लागि तीन वैज्ञानिकलाई संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ । १ करोड १० लाख स्वीडिस क्रोनर राशी रहेको पुरस्कार १० डिसेम्बरका दिन वितरण गरिनेछ ।