काठमाडौं । शरीरको प्रतिरोध प्रणालीबारे अनुसन्धान गरेका तीन वैज्ञानिकलाई यस वर्षको चिकित्सा विज्ञाततर्फको नोबेल पुरस्कार दिइएको छ ।
अमेरिकी वैज्ञानिकहरू मरी इ ब्रंको र फ्रेड राम्सडेल र जापानका शिमोन साकागुचीलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गर्ने निर्णय नोबेल समितिले गरेको हो । शरीरको प्रतिरोध प्रणालीमा ‘रेग्युलेटरी टी-सेल’ नामक विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुन्छन् भन्ने तथ्य पत्ता लगाएकोमा उनीहरूलाई नोबेल पुरस्कार दिने निर्णय गरिएको हो ।
‘पेरिफेरल इम्युन टोलरेन्स’ सम्बन्धी नवीन खोजका लागि पुरस्कार दिइएको र वैज्ञानिकहरूको नयाँ खोजले क्यान्सर तथा अटो इम्युन रोगहरूको उपचारमा थप टेवा पुग्ने नोबेल समितिले जनाएको छ । यसले अंग प्रत्यारोपणलाई पनि सफल बनाउन मद्धत पुग्ने जनाइएको छ ।
नोबेल विजेताले पदक र १० लाख अमेरिकी डलर पाउँछन् । एकभन्दा बढी विजेता भएमा पुरस्कार रकम बाँडिन्छ ।