पुनर्निर्माण कोषमा १ करोड ९६ लाख जम्मा

आश्विन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
पुनर्निर्माण कोषमा १ करोड ९६ लाख जम्मा

काठमाडौं । संरचना पुनर्निर्माणका लागि सरकारले सञ्चालनमा ल्याएको पुनर्निर्माण कोषमा सोमबार बिहानसम्म १ करोड ९६ लाख रूपैयाँ जम्मा भएको छ ।

गत भदौ २४ गते भएको आगजनीका कारण क्षति पुगेका सरकारी कोषको खातामा व्यक्तिसँगै संस्थाहरूले समेत योगदान गरेका छन् । अहिलेसम्म सबैभन्दा बढी सिद्धार्थ बैंकले १ करोड रूपैयाँ कोषमा जम्मा गरेको छ । कोषको खातामा १ रूपैयाँदेखि १ करोडसम्म जम्मा गरिएका छन् । सरकारी निकायहरूले पुनर्निर्माणका माग गर्न थालेको तर कोषमा यथेष्ट रकम जम्मा नभइसकेकाले विनियोजन नभएको अर्थ मन्त्रालयले जनाएको छ ।

कोषबाट रकम निकासा भइसकेको नभए पनि संघीय मन्त्रालयसँगै अन्य सरकारी निकाय र सुरक्षा निकायले रंगरोगन तथा पुनर्निर्माणका काम भने अघि बढाइसकेका छन् । यसअघि नै रंगरोगन तथा मर्मतसम्भारका लागि छुट्टयाइएको चालु आर्थिक वर्षको बजेटबाटै यस्तो खर्च गरिरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.