गाजा सिटीलाई घेर्दै इजरायल

आश्विन १६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजा सिटीलाई घेर्दै इजरायल

काठमाडौं । गाजा युद्ध विरामसम्बन्धी अमेरिकी प्रस्तावमाथि हमासले अध्ययन भैरहेको बताइरहँदा इजरायलले भने गाजा सिटीलाई घेर्दै लगेको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले हमासलाई पराजित गर्न गाजा शहर वरिपरि घेराबन्दी कडा बनाएको बताउनुभएको छ । आफना सेनाले केही घण्टामा नेत्जारिम कोरिडोर कब्जा गरिसक्ने पनि इजरायली रक्षामन्त्रीले दाबी गर्नुभयो ।

मध्य शहर र उत्तरी गाजालाई अलग गर्ने उद्देश्यले इजरायल रक्षा बलले आफ्ना गतिविधि तिव्र पारेको हो । स्थानीयलाई बासिन्दालाई गाजा छाड्न र नछाडे हमासको समर्थक मानिने चेतावनी समेत इजरायलले दिएको छ ।

यसैबीच गाजामा इजरायली गोलाबारीबाट २३ प्यालेस्टिनीहरू मारिएको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सीले जनाएको छ । दुई वर्ष अघि सुरू भएको इजरायलको सैन्य आक्रमणमा ६६ हजार १ सय ४८ प्यालेस्टिनीहरूको मृत्यु भएको र एक लाख ६८ हजार घाइते भएका गाजामा आधारित स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।



सम्बन्धित