काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा निर्माणाधीन थर्मल पावर परियोजनाको एक भागमा खम्बा ढलेर दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
दुर्घट्जनामा परि एक जना घाइते भएका छन् । घाइते कामदारको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना तमिलनाडु राज्यको राजधानी चेन्नईमा भएको र सबै मृतकहरू उत्तर-पूर्वी राज्य आसामका मजदुर रहेको प्रहरीले जनाएको छ ।
मजदुरहरू २० फिट भन्दा बढी उचाइमा काम गरिरहेका अवस्थामा चाप निर्माणका लागि लगाइएको फलामको खम्बा अचानक ढलेरे दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । राति निर्माणाधीन एक हजार ३ सय २० मेगावाट एन्नोर विशेष आर्थिक क्षेत्र सेज थर्मल पावर परियोजनामा दुर्घटना भएको हो ।