फिलिपिन्समा ६.९ म्याग्निच्युटको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेकाे संख्या ६९ पुग्याे

खोज तथा उद्धार कार्य जारी
आश्विन १५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
फिलिपिन्समा ६.९ म्याग्निच्युटको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेकाे संख्या ६९ पुग्याे

काठमाडाैं । फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्युटको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेकाे संख्या ६९ पुगेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल–जजीराले जनाएको छ । 

यसमध्य बुधबारमात्रै २६ काे मृत्यु भएकाे अल–जजीराले उल्लेख गरेकाे छ । कयाैं बेपत्ता भएका छन् भने सयौं मानिस घाइते भएका छन् । बेपत्ताको खोजी र उद्धार कार्य जारी रहेकाे बताइएकाे छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार फिलिपिन्सको केन्द्रीय क्षेत्रमा स्थानीय समयअनुसार राति करिब १० बजे ६ दशमलब ९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। 

भूकम्प समुद्री सतहभन्दा करिब १० किलोमिटर गहिराइमा, फिलिपिन्सको पालोमपोन क्षेत्रको पश्चिमतर्फ केन्द्रित भएको जनाइएको छ। भूकम्पका कारण घाइते भएकाहरूको अस्पतालको लबी र बाहिर मैदानमा उपचार भइरहेको छ । संरचनामा पुरिएकाहरूको उद्धार र घाइतेको उपचारमा लाग्न सरकारले चिकित्सक र स्वंयसेवकलाई आग्रह गरेको छ ।

भूकम्पसँगै फिलिपिन्समा सुनामीको सम्भावना रहेको आशंका गरिएको छ। भूकम्प शक्तिशाली भएकाले धेरै संरचनाहरूमा क्षति पुर्‍याएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।