काठमाडौं । रूसले युक्रेनमाथि युद्ध सुरू भएयताकै भिषण आक्रमण गरेको छ ।
गएराति रूसले राजधानी किएभसहित ओडेसा, जापोरिज्जीयालगायतका शहरमा ८ सय १० ड्रोन र मिसाइल आक्रमण गरेको हो ।
तीमध्ये साढे ७ सयभन्दा बढी ड्रोन खसालिएको युक्रेनी वायु सेनाले जनाएको छ । आक्रमणबाट २ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएका छन् भने मन्त्रिपरिषद् भवनमा समेत क्षति पुगेको युक्रेनी प्रधानमन्त्री युलिया स्भीरिदेन्कोले पुष्टि गर्नुभएको छ ।
भवनका माथिल्लो तला र छत क्षतिग्रस्त भएका छन् । सन् २०२२ मा युद्ध सुरू भएयता रुसले पहिलो पटक युक्रेनको सरकारी भवनलाई निशाना बनाएको हो । युक्रेनी विदेशमन्त्री आन्द्रेई सिविहाले रुसको कडा प्रतिवाद गर्न सहयोगी मुलुकहरूलाई आग्रह गर्नुभएको छ ।