संसदीय सुनुवाई समितिको सभापतिमा कांग्रेसका खतिवडा निर्विरोध चयन

भाद्र २०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
संसदीय सुनुवाई समितिको सभापतिमा कांग्रेसका खतिवडा निर्विरोध चयन

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन हुनुभएको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको बैठमा उहाँलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो । 

बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाउनु भयो ।

खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति हुनुहुन्थ्यो । संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका सम्बन्धमा छानविन गर्न गठित समितिले उहाँलाई नैतिक र राजनीतिक जिम्मेवार ठहर गरेपछि राजीनामा दिनुभएको थियो ।