काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकाविरूद्ध षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ-उनसँग मिलेर षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको हो । दोस्रो विश्वयुद्धमा जापानलाई पराजित गरेको ८०औं वाषिर्कोत्सवका अवसरमा आयोजित सैन्य परेडमा रूसी राष्ट्रपति पुटिन तथा उत्तर कोरियाली नेता किम सहभागी थिए ।
ट्रम्पले आफ्नो पोस्टमा दोस्रो विश्वयुद्धका बेला चीनलाई दिएको सहयोग र बलिदानको उल्लेख गर्दै चीनलाई स्वतन्त्रता दिलाउन बलिदान दिएकाहरूलाई उचित सम्मान दिइने बताउनुभएको छ ।
तर, पुटिनका शीर्ष सहयोगी युरी उशाकोभले ट्रम्पको आरोप अस्वीकार गर्दै तीन नेताले कुनै षडयन्त्र नगरेको बताउनुभयो । तर, परेडले युक्रेन र पश्चिमा मुलुकहरूको चिन्ता बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीन, रूस र उत्तर केारियाबीचको सहकार्य युक्रेनविरूद्धको युद्धलाई मजबूत पार्ने रणनीति भएको उनीहरूको आकलन छ ।