काठमाडौं । दक्षिणी गाजापट्टीको नासिर अस्पतालमा इजरायलले गरेको आक्रमणमा चार जना पत्रकारसहित कम्तिमा १५ जनाको मृत्यु भएको छ । आक्रमणमा अरू केही घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणमा मारिनेमा रोयटर्सका क्यामरापर्सन हुसान अल मस्री, अलजजिराका मोहम्मद सालामेह, एपीका मरियस अबु दक्का र एनबीसीका फोटोग्राफर मुवाथ अबु ताहा छन् ।
हमासले सञ्चालन गरेको सिभिल डिफेन्सले जनाएअनुसार पहिलो आक्रमणमा केही मानिस मानिएका थिए। दोस्रो आक्रमणमा उद्धारकर्मीहरू घटनास्थलमा पुगेपछि भएको थियो । त्यस क्रममा धेरैको मृत्यु भएको हो ।
अस्पतालका एक चिकित्सकले रगतले लतपतिएको कपडा पत्रकारहरूलाई देखाउँदै गर्दा दोस्रो विस्फोट भएको थियो ।