थाइल्यान्ड र कम्बोडियाका सेनाबीच विवादित सीमाक्षेत्रमा झडप हुँदा नौ थाइ नगरिकको मृत्यु

आफ्ना सबै नागरिकहरूलाई कम्बोडिया छोड्न थाइल्यान्डको निर्देशन
श्रावण ८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
थाइल्यान्ड र कम्बोडियाका सेनाबीच विवादित सीमाक्षेत्रमा झडप हुँदा नौ थाइ नगरिकको मृत्यु

काठमाडौं । थाइल्यान्ड र कम्बोडियाका सेनाबीच विवादित सीमाक्षेत्रमा झडप हुँदा कम्तीमा नौ थाइ सर्वसाधारणको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । कम्बोडियाले भने आफ्नो तर्फबाट भएको क्षतिबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।

थाइ अधिकारीहरूका अनुसार कम्बोडियाबाट भएको आक्रमणमा सिसाकेत, सुरिन र उबोन राचाथानी प्रान्तमा गरी ९ जनाको ज्यान गएको हो । थाइल्यान्डले कम्बोडियाका तर्फबाट थाइ गाउँमा रकेट प्रहार भएको र एक अस्पतालमा आक्रमण गरेको आरोप लगाएको छ भने थाइल्यान्डले कम्बोडियाली सैन्य केन्द्रहरूमा हवाई आक्रमण गरेको छ।

थाइल्यान्डले आफ्ना सबै नागरिकहरूलाई कम्बोडिया छोड्न निर्देशन दिएपछि कम्बोडियासँगको सम्पूर्ण सीमा बन्द गरेको छ। उता, कम्बोडियाले थाइल्यान्डमाथि "अत्यधिक बल प्रयोग" गरेको आरोप लगाउँदै बैंककसँगको कूटनीतिक सम्बन्ध घटाएको छ। 

यस्तै सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन पनि कम्बोडियाले राष्ट्रस‌ंघलाई आग्रह गरेको छ ।