काठमाडौं । दलित समुदायका महिला अगुवाहरूले दलित समुदायले अझै सामाजिक विभेद भोग्नुपरेको बताएका छन् । विभेदकै कारण शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको उनीहरूको भनाइ छ ।
काठमाडौं जस्ट फ्युचर्सले आज काठमाडौंमा गरेको कार्यक्रममा दलित समुदायका महिला अगुवाहरूले सामाजिक विभेद अन्त्य गर्न राज्यले अझै बढी सक्रियता बढाउनुपर्ने बताए । कानुनमा विभेद नभए पनि सामाजिक विभेद हुँदा शिक्षाबाट समेत वञ्चित हुनुपर्दा दलित समुदायको जीवन झनै कष्टकर भएको उनीहरूको भनाइ छ ।
कार्यक्रमका सहभागीहरूले दलित महिलाको समान पहुँच र सबलीकरणले मात्र राज्यमा समानता कायम गर्न सकिनेमा जोड दिए । दलित समुदायका महिलाको अनुभव, क्षमता र नेतृत्वलाई सम्मान गर्न राजनीतिक नेतृत्वले बढी ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो ।