गाजामा प्रत्येक तीनमध्ये एकजना हरेक दिन भोकैबस्न बाध्य, ९० हजार महिला र बालबालिकालाई तत्काल पोषण उपचारको आवश्यकता

श्रावण १०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा प्रत्येक तीनमध्ये एकजना हरेक दिन भोकैबस्न बाध्य, ९० हजार महिला र बालबालिकालाई तत्काल पोषण उपचारको आवश्यकता

काठमाडौं । संयुक्त राष्ट्रसंघको खाद्य सहायता कार्यक्रमले गाजामा प्रत्येक तीन जनामध्ये एकजना हरेक दिन भोकै बस्नुपरेको तथ्य सार्वजनिक गरेको छ ।

दिनभरि खाना नखाई बिताउनुपर्दा जागामा कुपोषण बढ्दै गएको खाद्य कार्यक्रमले जनाएको छ । त्यसैले ९० हजार महिला र बालबालिकालाई तत्काल उपचारको आवश्यकता रहेको पनि यो संस्थाले औँल्याएको छ ।

हमासको स्वास्थ्य मन्त्रालयले शुक्रबार मात्रै कुपोषणका कारण नौ जनाको मृत्यु भएको जनाएको छ । युद्ध सुरू भएयता खान नपाएकै कारण यसरी मर्नेको संख्या १ सय २२ पुगेको छ।

गाजामा सबै आपूर्तिहरूको प्रवेश नियन्त्रण गर्ने इजरायलले भने सहायता पुग्न कुनै प्रतिबन्ध नभएको र कुपोषणका कारण गाजामा हुने मुत्युमा हमास नै जिम्मेवार हुने बताएको छ।

यसैबीच भोकमरीले ग्रस्त गाजामा यूएई र जोर्डनले हवाइजहाजमार्फत खानाका प्याकेट खसाल्न खोजे पनि इजरायलले अनुमति नदिएको बताएका छन् । संयुक्त राष्ट्र संघले इजरायली सरकारको यो कदमको निन्दा गरेको छ ।