महिला युरो कप फाइनलमा स्पेन र इंग्ल्यान्ड आमनेसामने, कसले मार्ला बाजी ?

श्रावण १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
महिला युरो कप फाइनलमा स्पेन र इंग्ल्यान्ड आमनेसामने, कसले मार्ला बाजी ?

काठमाडौं । स्वीट्जरल्यान्डको सेन्ट ज्याकोब पार्कमा आइतबार राति, युरोपेली महिला फुटबलको सबैभन्दा ठूलो महोत्सव अर्थात् महिला युरो कपको फाइनलमा साबिक विजेता इंग्ल्याड र विश्व च्याम्पियन स्पेन प्रतिस्पर्धा गर्दै छन् । 

फिफा महिला विश्वकप २०२३ मा समेत यी दुबै टोली आमनेसामने भएका थिए । के इंग्ल्यान्ड फिफा महिला विश्वकपको फाइनलमा बेहोरेको हारको बदला लिन सफल होला वा विश्व च्याम्पियन स्पेनले महिला युरोको इतिहासमा पहिलो पटक ट्रफी आˆनो बनाउला ? इंग्ल्याडको पुनरागमन यात्रा र स्पेनको लगातारको विजयी अभियानबीच उपाधि भिडन्त प्रतिशोध, दबाब, तनाव र रोमाञ्चकताले भरिपूर्ण हुनेछ ।

विश्व वरियताको दोस्रो स्थानमा रहेको स्पेन र पााचौं स्थानमा रहेको इङ्ल्याण्डबीचको उपाधिको होड फुटबल अनुशासन र साहसको भिडन्त हो । सन् २०२२ को विजेता इंग्ल्यान्ड एक पटक फेरि आˆनो उपाधि जोगाउने लक्ष्यमा छ । २०२३ को विश्वकप विजेता स्पेन पहिलो युरो उपाधि जित्न आतुर देखिन्छ । महिला नेसन्स लिगसमेत जितिसकेको स्पेन लगातार तेस्रो पटक अन्तर्राष्ट्रिय उपाधि जित्दै हृयाटि्रक गर्ने लक्ष्यमा छ ।

समूह चरणमा फ्रान्ससँग पराजित भए पनि त्यसपछि इंग्ल्यान्डले सानदार पुनरागमन गर्‍यो । इंग्लिस टोलीले समूह चरणमा डच टोली र वेल्समाथि सहज जित हात पार्‍यो । क्वार्टरफाइनलमा स्विडेनविरुद्ध २-० ले पछि परेको खेलमा अद्भुत पुनरागमन गरेको इंग्ल्यान्डले पेनाल्टी सुटआउटमा जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । इटलीविरुद्ध सेमिफाइनलमा लायनेसहरूको हिम्मत र गहिरो आत्मबल देखियो । नियमित समयको अन्तिम मिनेटसम्म १ गोलले पछि परेको टोलीले ९६ औं मिनेटमा बराबरी गोल फर्काउादै खेललाई अतिरिक्त समयमा धकेलेको थियो । १ सय १९ औं मिनेटमा क्लोइ केलीको पुनरुत्थान गोलले इंग्ल्यान्डलाई फाइनलसम्म पुर्याएको हो ।

त्यसविपरीत, स्पेनले समूह चरणदेखि नै सहज जित हासिल गर्दै अघि बढ्यो । पोर्चुगल, बेल्जियम र इटलीमाथि सहज जितपछि स्विट्जरल्यान्ड र जर्मनीले स्पेनको परीक्षण गरेका थिए । विशेषगरी जर्मनीविरुद्धको सेमिफाइनलमा आइटाना बोनमतीले १ सय १३औं मिनेटमा निणर्ायक गोल गरेपछि स्पेनको पहिलो पटक युरो च्याम्पियन बन्ने सम्भावना कायम रहेको हो ।

यो फाइनलमा रणनीतिक रूपमा इंग्ल्यान्डले स्पेनको 'हाई लाइन' डिफेन्सको फाइदा उठाउन सक्छ । क्लोइ केली र लरेन हेम्पको पेस, अलेसिया रूसोको अग्रेसिभ दौड र हान्ना हृयाम्पटनको लङ बल क्षमताका कारण इंग्ल्यान्डले स्पेनले उपलब्ध गराउने ओपन स्पेसको भरपुर फाइदा उठाउादै आक्रमण गर्न सक्छ ।

यता स्पेनको मिडफिल्डमा विशेषतः बोनमती, पुटेलास र क्याल्डेन्टेले खेलको गति र दिशा निर्धारण गर्न सक्छन् । यदि स्पेनले आˆनो टेक्निकल फुटबल खेल्न सक्यो भने अग्रपंक्तिमा रहने एस्तर गोन्जालेजजस्ता फिनिसरले इंग्लिस डिफेन्सको गम्भीर परीक्षण गर्न सक्छन् ।

२०२३ को फिफा महिला विश्वकप फाइनलमा इंग्ल्यान्डलाई हराउादै च्याम्पियन बनेको स्पेनका लागि त्यो अनुभव यहाा लाभदायक हुन सक्छ । यद्यपि, त्यसपछि इंग्ल्यान्डले २०२५ को नेशन्स लिगमा स्पेनलाई हराइसकेको छ ।

इंगल्यान्डकी प्रशिक्षक सरिना विगमन यति बेला कीर्तिमान नजिक छिन् । महिला र पुरुष दुवै फुटबलमा लगातार पााचौं पटक ठूला प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो प्रशिक्षक बनेकी विगमन तेस्रो युरो उपाधि जित्ने योजनामा छन् । उनले हालसम्म युरो फाइनल गुमाएकी छैनन् । यो तथ्यले पनि इङ्ल्याण्डको पक्षमा भावनात्मक ऊर्जा थप्ने छ ।

आइतबार राति सेन्ट जाकोब पार्कमा दुई राष्ट्र मात्र होइन, दुई दर्शन आमनेसामने हुने छन् । के इंग्ल्यान्ड फिफा महिला विश्वकपको फाइनलमा बेहोरेको हारको बदला लिदै उपाधि रक्षा गर्न सफल होला वा विश्व च्याम्पियन स्पेनले महिला युरोको इतिहासमा पहिलो पटक ट्रफी आˆनो बनाउला ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.