क्यानडासँग व्यापार वार्ता तत्काल नगर्ने ट्रम्पकाे घाेषणा

असार १४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
क्यानडासँग व्यापार वार्ता तत्काल नगर्ने ट्रम्पकाे घाेषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्यानडासँग व्यापार वार्ता 'तत्काल नगर्ने' घोषणा गर्नुभएको छ। 

क्यानडाले लागू गरेको नयाँ ३ प्रतिशत डिजिटल सेवा करको प्रतिक्रियास्वरूप राष्ट्रपति ट्रम्पले यो कदम चाल्नुभएको हो ।

जसले अमेजन, एप्पल र गुगलजस्ता ठूला अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरेको छ । क्यानडाको नयाँ कर नीतिले यी कम्पनीहरूलाई वार्षिक २ अर्ब डलरभन्दा बढीको खर्च पर्ने अनुमान गरिएको छ। 

ट्रम्पले यो करलाई 'अत्यन्त आपत्तिजनक' भन्दै अर्को साताभित्र नयाँ आयात कर लगाउने चेतावनी दिनुभएको छ । तर क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले वार्ता अझै जारी रहने सङ्केत दिनुभएको छ । 

अमेरिका र क्यानडाबीच यो वर्षको सुरूमै ट्रम्पले क्यानडाली सामानमा २५ प्रतिशत कर लगाएदेखि नै व्यापार युद्ध सुरू भएको हो । यस्ता तनावहरूले दुई देशबीचको ४ सय अर्ब डलरभन्दा बढीको वार्षिक व्यापार सम्बन्धमा असर पारेका छन्।