प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणबारे सदनलाई जानकारी

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणबारे सदनलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराउनुभएको छ ।

प्रतिनिधि सभाको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराउनुभएको हो । शनिबार साँझ संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जान लागेको बताउनु भयो । 

स्पेनमा आयोजना हुने यो सम्मेलन एक दशमा आयोजना गरिने बताउनु भयो । असार १४ गते साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै यात्रा सुरू हुने बताउनु भयो । 

असार १५ गते स्पेन पुग्ने बताउनु भयो । भ्रमण टोलीमा २१ जना सहभागी हुने उहाँले जानकारी दिनुभयाे । भ्रमणको दोस्रो दिन सेभिया पुग्ने र नागरिक समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने उहाँकाे भनाइ छ। 

स्पेनका प्रधानमन्त्रीसँग साँझ भेट गर्ने कार्यक्रम रहेको उहाँले बताउनु भयो । स्पेनका नरेशद्वारा स्वागत गरिने कार्यक्रममा १५ सहभागी हुने कार्यतालिका रहेकाे उहाँकाे भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.