इजरायलली हमलाको जवाफमा इरानद्वारा सयौं ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, तेहरानमा खुशीयाली

जेष्ठ ३१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायलली हमलाको जवाफमा इरानद्वारा सयौं ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, तेहरानमा खुशीयाली

काठमाडौं । इजरायलले इरानमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गर्दै इरानको विशाल भूमिगत आणविक केन्द्र नटान्ज ध्वस्त पारेको र शीर्ष सैन्य कमाण्डरहरूलाई सखाप पारेको बदलामा इरानले पनि सयौं ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

जवाफी हमलापछि इजरायली अस्पतालहरूमा ४० जनाको उपचार भइरहेको छ । जसमध्ये दुई जनाको अवस्था गम्भीर छ। इरानले इजरायलमाथि गरेको जवाफी हवाई हमलाको खुसीयाली मनाउन तेहरानका सडकमा मानिसहरू भेला भएका छन्। 

भीडले राष्ट्रिय झण्डा हल्लाउँदै इरान र संयुक्त राज्य अमेरिकाबीचको वार्ता जारी राख्नु नहुने पक्षमा नाराबाजीसमेत गरेको छ। यसैबीच विश्वका नेताहरूले सामाजिक सञ्जालमार्फत 'अधिकतम संयम' अपनाउन आग्रह गरेका छन् भने केहीले इरानमाथि इजरायलले गरेको हमलाको निन्दा गरेका छन्। 

इजरायलले आफूले गरेको हमलालाई 'अपरेशन राइजिङ लायन' को सुरूवात भनिरहँदा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इजरायलले नै हमला सुरू गरी युद्ध भड्काएको आरोप लगाउनुभएको छ ।