काठमाडौं । अस्ट्रियाको ग्र्याज शहरस्थित एउटा माध्यमिक विद्यालयमा गोली चल्दा थुप्रै मानिस मारिएको आशंका गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । मारिनेमा विद्यार्थी र शिक्षक रहेको आशंका छ ।
स्थानीय टेब्लोइड पत्रिका क्रोनेट जाइटुंगले भने उक्त घटनामा एक जना शंकास्पद आक्रमणकारी सहित ८ जना मारिएको जनाएको छ । यद्यपि अधिकारीहरूले मृतकको संख्या पुष्टि गरेका छैनन् ।
सरकारी समाचारमाध्यम ओआरएफसँगको कुराकानीमा प्रहरी प्रवक्ताले शंकास्पद आक्रमणकारीको पनि मृत्यु भएको बताएका छन् ।